नगरभित्रका महिलालाई बुटिक तालिम

858
views

महेन्द्र जिसी
पर्वत, २३, जेष्ठ । पर्वत पर्वतको कुश्मा नगरपालिका ६ ले १५ दिने बुटिक तालिम शुरु गरेको छ । वडावासी महिलाहरुको आय–आर्जनको विकास गराउन नगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु गरिएको हो ।

विहीबार तालिमको शुभारम्भ गर्दै मेयर रामचन्द्र जोशीले महिलाहरुको आर्थिक विकास गराउन र आय आर्जनसँगै सहभागिता बढाउन तालिमको आयोजना गरिएको बताए ।

नगरपालिकाको दुईलाख सहयोगमा शुरु गरिएको तालिममा २० जना महिलाहरुको सहभागिता रहको छ ।

वडा अध्यक्ष रुद्र गिरीले बजार क्षेत्र समेटीएको वडा रहेका कारण वडाबासी महिलाहरुको माग अनुरुप तालिम सञ्चालन गरीएको बताए ।

असार पाँचसम्म सञ्चालनमा रहने तालिमको प्रशिक्षण सहजकर्ता भारती श्रेष्ठले गर्नेछिन् । तालिममा रुमाल, पछौरा, सारी लगायतका कपडामा बुट्टा भर्ने तथा सिलाईको माध्यमबाट आधुनिक लगाउने कपडाहरुमा डिजाईनिङ गर्न सिकाईने छ ।