ईश्वर पोख्रेलले भने ‘ओली–प्रचण्डबीचको कथित पाँचबुंदे सहमतिमा छलफल भएको छैन’

500
views

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री समेत रहेका नेकपाका सचिवालय सदस्य ईश्वर पोख्रेलले ओली–प्रचण्डबीचको पाँचबुंदे सहमतिलाई कथित सहमतिको संज्ञा दिएका छन् ।

बिबिसी नेपाली सेवासंग कुरा गर्दै नेता पोखरेलले दुई अध्यक्षबीच भएको पाँचबुदे सहमति मर्यादाहिन सहमती भएको भन्दै त्यसलाई नेकपाको सचिवालयले नचिनेको बताए । उनले त्यसबारेमा नेकपाको सर्वोच्च निकाय सचिवालयमा छलफल समेत नभएको दावी गरे । पोखरेलले उक्त कथित सहमतिको संथागत ढंगले छिनोफानो हुन समेत बाकीँ रहेको बताए । पोखरेलले भने ‘लिखित सहमतीको नेकपाको सचिवालयमा औपचारिक ढंगले छलफल भएको छैन् । त्यसबारेमा हामी जान्दैनौ पनि । दुई अध्यक्षको विचमा सहमती भएको भएपनि त्यसको मर्यादा होला, समय होला, सिमा हुन्छ, समय हुन्छ ।’

उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले दिएको अन्र्तवार्ताप्रति समेत असन्तुष्टि जनाए । पोखरेलले दुई जना अध्यक्षको विचमा सहमति भएको भएपनि पव्लिक कम्जन्सनको लागी वा जनदवाव दिन बोल्नु उपयुक्त नभएको बताए । उनले उक्त सहमतिमा आलोपालो गर्ने कुरा उल्लेख नभएको दावी गर्दै आवश्यकताअनुसार भनेकोले त्यो उपयुक्त समयमा आवश्यक ठाने मात्र हुने धारणा राखे ।

‘दुई अध्यक्षको बीचमा भएको कथित सहमतिको संस्थागत ढंगले छिनोफानो हुन बाकीं छ, नेकपाको सर्वोच्च निकाय सचिवालयमा यो सहमतीबारे छलफल भएको थाहा छैन्,त्यसैले त्यो मर्यादाहिन सहमति लागु हुदैन् ।’

पोखरेलले हिजो जे जे सहमति भएपनि एउटै पार्टी भएको अवस्थामा त्यो लागु नहुने बताए । पोखरेलले भने ‘दुवै पार्टीका अध्यक्षले हिजो अलग पार्टी हुंदा अलग मानसिकता,अलग मनोविज्ञान भएको बेलामा सहमती भएको हो अव एउटै पार्टी भइसकेपछि ति चिजहरु छैनन् भनेर विभिन्न अन्र्तवार्तामा भनेको हामीले सुनेका छौ, अहिले फेरी के को लागी भनिदैछ ?’

‘यो जनादेश पाँच वर्षको लागि हो । केपी ओली नेतृत्वको सरकार पाँच वर्षको लागि हो । यसले पाँच वर्ष सरकार चलाउँछ । यसमा ईफ वट केही हुंदैन् ।’ पोखरेलले अन्र्तवार्तामा भनेका छन् ।

उनले बहुदलिय प्रतिस्पर्धा गर्ने तर बहुदलिय जनवाद छोड्ने विषयलाई के सिकसिको लागेको हो भन्दै व्यंग्य समेत गरेका छन् ।

‘यतिवेला कम्युनिष्टहरुले शासन सत्ता उपयोग गरेर सत्तामा गएका होईनन् । नेपालका कम्युनिष्टहरुले आफ्नो विचारलाई लागु गर्न राज्यसत्ताको केन्द्र भागमा गएका हुन् । यसको अर्थ पार्टीले सरकार बनाउँछ चलाउँछ । त्यसकारण पार्टीको नेतृत्व जस्ले गर्छ सरकारको नेतृत्व पनि त्यस्ले गर्छ ।’ पोखरेलले भनेका छन् ।

उनले धेरै शक्तिकेन्द्र हुँदा अराजकता बढ्ने भन्दै पार्टीको अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ती हुनुपर्ने स्पष्ट पारे । उनले केपी ओली नै अवको पाँच वर्ष प्रधानमन्त्री वन्ने दाबी गरे ।

‘मल्टी सेन्टर इज नो सेन्टर अल्टिमेटली एनार्की हो त्यो । त्यता जानुहुंदैन । त्यसले धेरै शक्तिकेन्द्र हुन्छ त्यसले अराजकता मात्र निम्ताउन्छ । नेताहरुको व्यवस्थापन गर्ने अरु धेरै उपायहरु छन् ।’ पोखरेलले अन्र्तवार्तामा भने ।

उनले नेकपा अध्यक्ष प्रचण्ड दुई पटक प्रधानमन्त्री भइसकेको भन्दै फेरी पनि प्रधानमन्त्री वन्ने सक्ने भएपनि आजको डेलिकेट अवस्थालाई हेर्न जरुरी रहेको बताए । उनी पछिल्लो चरणमा ओझेलमा पर्दै गएका नेता हुन् ।