धावनमार्ग कालोपत्रे गर्न जोमसोम विमानस्थल १५ दिन बन्द

746
views

मुस्ताङ । मुस्ताङको जोमसोम विमानस्थल (भोली) शनिबारदेखि १५ दिनका लागि बन्द गरिने भएको छ र हुने भएको छ । धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

’असार ७ गतेसम्म विमानस्थल बन्द रहनेछ । जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान रोकेर काम गर्नुपरेको हो ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । विमानस्थलको २० वर्षअघि कालोपत्रे गरिएको थियो । पोखरा (जोमसोम हवाई मार्गमा तारा, यती, समिट र नेपाल एयरलाइन्सले दैनिक १८ उडान भर्दै आएका छन् ।