राष्ट्रिय स्वयंसेवक नेपालको देशब्यापी अभियान

1149
views

काठमाडौं । राष्ट्रिय स्वयंसेवक नेपालले देशब्यापी आफ्नो अभियानलाई तिब्रता दिदै काठमाडौंको कोटेश्वर चोकमा जनसभा गरेको छ । जनसभालाई संबोधन गर्दै प्रवक्ता सफलता बोगटीले देशमा भैइरहेको विकृति विसंगतिले नेपाली जनता मारमा परेको र भ्रष्ट, दलाल नेताले नेपाली युवालाई विदेशमा बिक्रि गरेको बताईन् ।

बोगटीले देशविकासको मेरुदण्ड युवा र हरेक नेपालीलाई शिक्षाको असमानता पहुँचको कारण युवाहरुको शैक्षिक गुणस्तर खस्कदै गएकोले देश अधोन्नोतितर्फ लागेकोमा चिन्ता व्यक्त गरिन् ।

जनसभामा राष्ट्रिय स्वयंसेवक नेपालका संयोजक श्रीराम घिमिरेले देशमा युवाको समस्या समाधानका लागि रोजगार, शिक्षा, स्वास्थ्यजस्तो आधारभूत आबश्यकतामा सहुलियत हुनुपर्ने बताए ।

जनसभामा राष्ट्रिय स्वयंसेवक नेपालका महासचिव पुरुषोत्तम गजुरेल, कोषाध्यक्ष गायत्री दाहाल, सह–कोषाध्यक्ष सरिता पण्डित, सचिव बिमल क्षत्री, उप संयोजक केशव उप्रेती, सचिव सुदिप गजुरेल, अभियन्ता रोमिका गुरुङ लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।