म्यानचेस्टरमा भएको शक्तिशाली विस्फोटमा चरमपन्थी समूहको हात रहेको प्रहरीको अनुमान

१९ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

613
views

काठमाडौं, ९, जेठ । बेलायतको म्यान्चेस्टर शहरमा भएको शक्तिशाली बिस्फोट हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ भने अन्य ५० जना भन्दा बढी घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारका लागि विभिन्न ६ वटा अस्पतालमा भर्ना गरिएको छ । एक पप कन्सर्ट सकिएलगत्तै भएको सो विस्फोटमा चरमपन्थी समूहको हात रहेको प्रहरीको अनुमान छ । म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट लगत्तै सो घटना भएको हो ।
ठूलो आवाजसहित भएको विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको थियो । विस्फोटपछि म्यानचेस्टर भिक्टोरिया स्टेसनबाट रेल आवागमनमा रोक लगाइएको छ ।
विस्फोटमा गायिका एरियाना ग्रान्डे भने सुरक्षित रहेकी छन् । कन्सर्टको टिकट घर नजिकै ठूलो आवाजका साथ दुई वटा विस्फोट भएको प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएकमा छन् ।
विस्फोट किन गराइएको भन्नेबारेमा अहिलेसम्म केही पनि खुलेको छैन । विस्फोट भएको स्थान नजिकै रहेको अर्को संदिग्ध बिस्फोटक पदार्थलाई सुरक्षाफौजले सुरक्षित रुपमा निष्क्रिय पारेको थियो । यद्यपि सो वस्तु बिस्फोटक पदार्थ नभई अरु कुनै वस्तु भएको पछि पुष्टि भएको थियो ।