दुई नेपाली खेलाडीले भारतमा प्रो–कबड्डी खेल्ने

651
views

काठमाडौं । नेपालका दुई खेलाडीले भारतमा हुने प्रो–कबड्डी खेल्न भारत गएका छन् । नेपाली खेलाडी सन्जय श्रेष्ठ र लालमोहर यादवले प्रो–कबड्डी खेल्न बैंगलोर प्रस्थान गरेका हुन् ।

दुवै खेलाडीले बैंगलरु बुल्सबाट खेल्नेछ । सन्जयले यसअघि पनि प्रो–कबड्डी खेलिसकेका छन् । नेपालमा कबड्डी खेलले खासै प्राथमिकता पाउन नसकेपनि यी दुई खेलाडीले भने भारतमा खेल्न लागेका हुन् । सातौँ सिजनको प्रो–कबड्डी आगामी जुलाई २० देखि सुरु हुँदैछ । जसमा १२ टिमले प्रतिस्पर्धा गर्नेछन् ।