‘गुठी विधेयक संविधानको मर्म र भावना विपरीत’

623
views

काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयक संविधानको मर्म र भावना विरित अएको बताएका छन् । अध्यक्ष भट्टराईले सरकारले एकपछि अर्को ढंगले संविधान विपरितका गतिविधिहरु गरिरहेको पनि आरोप लगाए ।

सोमबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेको जिज्ञासा जवाफ दिँदै उनले गुठी विधेयक विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा पनि आपत्ति जनाएका छन् ।

त्यस्तै राष्ट्रिय जनता पार्टी, नेपालका नेता लक्ष्मणलाल कर्णले प्रहरीले प्रर्दशनकारीहरुमाथि हस्तक्षेप गर्ने काम गरेकोमा निन्दा गरे ।