पुर्खौली पैदल मार्गको विकास गर्न दुई नगरपालिका सहमत

1090
views

महेन्द्र जिसी
पर्वत । कुश्मा सदरमुकाममा यातायात सुचारु हुनपुर्व धौलागिरीलाई राजदानीसँग जोड्ने पैदल मार्गको ट्रयाक ओपन गरीएको छ । कुश्मा सदरमुकामलाई कटुवा चौपारीको स्याउलीबजार–सिसाठाँटी, फलेवास नगरपालिकाको कार्कीनेटा हुँदै स्याङजाको सेतीदोभान, बुटवल जोडने नाकाको ट्रयाक खोलीएको हो ।

कुश्मा ६ मा पार्ने स्वामी चौतारादेखी मोदीको पुल छहरे वगरसम्मको सडक चालु वर्षमा स्तारोन्नति गरीएको छ । नगरपालिकाको ३५ लाख बजेटले साढे दुई किलोमिटर सडक कटिङ गरिएको छ ।

मोदीखोला पुल निर्माणको चरणमा रहेका कारण पुल निर्माणपछि कुश्मा–९ कटुवा चौपारीको स्याउली बजार जोडदै फलेवास नगरपालिका मल्याङ्गदी खोला सिसाठाँटी हुँदै कार्कीनेटा स्याङजा जोडन पहल भईरहेको हो ।

वडा सदस्य डम्मर गिरीले पुर्खौली पैदल मार्गलाई स्तर वृद्धि गराएर पर्वतसँगै धौलागिरीलाई वुटवलसम्मको वैकल्पिक मार्गको रुपामा विकास गर्न लागिएको बताउनु भयो । उनले फलेवास नगरपालिकासँग सहकार्य भईसकेको र फलेवास क्षेत्र अन्तर्गतको ट्रयाक खोल्ने काम पनि भइसकेको जनाए ।

फलेवास नगरपालिका तीनको शंकरपोखरी सिसाँठाँटी हुँदै कार्कीनेटाको सडकको स्तर वृद्धि भईसकेको र मोदी खोलामा मोटरेवल पुलको काम सम्पन्न पछि सडक सुचारु हुने वडा अध्यक्ष रुद्र गिरीले बताउनु भयो ।

कुश्मा सदरमुकामलाई दक्षिणी पर्वतका दर्जनभन्दा बढी वडाहरुलाई प्रत्यक्ष जोडने पैदल मार्गको उपयोगिता बढाउन र छोटो दुरीको सडक सञ्जालको विस्तार गराउन सडकले प्राथमिकता पाएको हो ।

पर्वतमा सडक सञ्जाल विस्तार भएपछि दशकौसम्म उपायोगिताविहीन भएको पैदल मार्ग स्थानीय सरकार कार्यन्वयनमा आएपछि स्तरोन्नती गर्न थालिएको हो ।

उक्त एतिहासिक मार्ग भएका कारण धेरै सामरीक महत्व राख्ने सडकको स्तर वृद्धिमा स्थानीय तवरमा सकरात्मक सहयोग भएको फलेवास नगरपालिकाका मेयर पदमपाणी शर्माको भनाई छ । उहाँले सडकको खर्च अनुसारको बजेट व्यवस्थापनमा नगरपालिका लागि परेको शर्माले बताउनु भयो ।