महिलालाई उद्घोषण तथा नेतृत्व विकास तालिम

790
views

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोक टोलमा रहेका महिलाहरुलाई चण्डिका आमा समुहको आयोजनामा ३ दिने उद्घोषण तथा नेतृत्व विकास प्रशिक्षण तालिम सम्पन्न भयो ।

आमा समूहको आफ्नै खर्चमा समूहमा आवद्ध दिदिबहिनिलाई उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी समूहका ३५ जनालाई तालिम दिइएको थियो । आमा समूहकी अध्यक्ष विमला रानाभाटको अध्यक्षतामा तालिम समापन भएको थियो ।