मणि अधिकारीको श्रद्धाञ्जली सभा, एकलाख बढीको अक्षयकोष स्थापना

2472
views

पर्वत । बाम आन्दोलनका अगुवा नेता मणिप्रसाद अधिकारीको निधनमा शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, पर्वतको आयोजनामा पैयूँ गाउँपालिकाको सरौंखोला–६ सिर्वानीमा श्रद्धाञ्जली सभा गरिएको हो ।

श्रद्धाञ्जली सभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रिय सदस्य अशोक लम्साल ‘अनुकुल’ले बामपन्थी आन्दोलनमा लागेर परिवर्तनका खातिर त्याग गरेका मणी अधिकारीको निधनले सिंगो आन्दोलनमा क्षति पुगेको बताए ।

लम्सालले नक्कली कम्युनिष्टको खोल ओढेर सत्तामा पुगेका नामधारी कम्युनिष्टले जनताका आधारभूत आवश्यकता पुरा गर्न नसक्ने बताउँदै जनयुद्धका क्रममा रात र साथ दिएका अधिकारीको सपना पुरा गर्न सम्पूर्ण जनसमुदायहरु (क्रान्तिकारी माओवादी) मा आवद्ध हुनुपर्ने बताए ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रिय सदस्य तेजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा पैयूँ गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेस पर्वतका प्रभावशाली नेता खगेन्द्र प्रसाद तिवारी, सत्तारुढ नेकपाका पैयूँ गाउँपालिका सचिव रेशमलाल सापकोटा, शिक्षक संघ पर्वतका जिल्ला अध्यक्ष केशव भण्डारी, देशभक्त जनगणतान्त्रिक मोचा नेपालका प्रदेश सदस्य याम कार्की, सरौंखोला ६ का वडाअध्यक्ष खिमानन्द सापकोटा, नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नं ५ का सदस्य संजय तिवारीले शोक व्यक्त गर्दै बाम आन्दोलनका अगुवा एवं यस क्षेत्रका प्रभावशाली व्यक्तित्वको निधनले परिर्वतनकामी शक्तिलाई अपुरणिय क्षति पुगेको बताए ।

श्रद्धाञ्जली सभा कार्यक्रमको सञ्चालन सत्तारुढ नेकपाका जिल्ला सदस्य पुण्य आर्चाय ‘जीवन’ ले गरेका थिए ।

श्रद्धाञ्जली सभाका अवसरमा मणि प्रसाद अधिकारीका नाममा विनु माध्यमिक विद्यालयमा एकलाख ११ हजार एकसय ११ रुपैयाँको मणि अधिकारी अक्षयकोष स्थापना गरिएको छ ।