अबैध हुण्डी कारोवार हुने देश अष्ट्रेलियामा अब इजीलिंक रेमिट्यान्स

1745
views

सिड्नी । इजीलिंक रेमिट्यान्सले अष्ट्रेलियाबाट सेवा सुचारु गरेको छ । अष्ट्रेलियाको सिड्नीबाट सेवा सुचारु गरेको हो त्यहाँ इजीलिंक रेमिट्यान्स सेवाको कार्यालय छ । सेवा आरम्भ कार्यक्रममा इजीलिंक रेमिट्यान्सका ब्राण्ड एम्बासडर रवि लामिछानेको उपस्थितीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल, इजीलिंक रेमिट्यान्स अष्ट्रेलियाका प्रबन्ध निर्देशक दिपेन्द्र कार्की र प्रवासी नेपाली समुदायको उपस्थिति थियो ।

“रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका साथ विगत २१ बर्ष देखी देशमा रेमिट्यान्स भित्राउदै आएको सेवा प्रदायक कम्पनी इजीलिंक रेमिट्यान्स प्रा.लि.ले आफ्नो सेवा विस्तारका क्रममा अष्ट्रेलियासम्म पुगेको छ ।

कार्यक्रममा इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल र कम्पनीका ब्राण्ड एम्बासडर रवि लामिछानेले त्यहाँ रहेका नेपालीहरुलाइ बैधानिक तरिकाले आफुले कमाएको रकम नेपाल पठाउन इजीलिंक रेमिट्यान्सको प्रयोग गर्न आग्रह गरे ।

अहिले अष्ट्रेलियामा १ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिएको छ । हुण्डीको कारोवार धेरै हुने देशको रुपमा अष्ट्रेलियालाई लिइदै आइएको छ ।

इजीलिंक रेमिट्यान्सले विगत २१ बर्ष देखी जापान, कोरिया, साइप्रस लगायत विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ । अष्ट्रेलियाबाट सेवा आरम्भ गरेपछि अबैधानिक बाटोबाट नेपालमा रकम पठाउने कार्य निरुत्साहित हुने अपेक्षा गरिएको छ ।

यससँगै विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब नेपालभरि रहेको इजीलिंक रेमिट्यान्सको ६ हजार भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट सजिलै भुक्तानी लिन र सजिलै बैंक खातामा रकम जम्मा गर्न सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालको भनाई छ ।