पौडेलको सम्झना र भावना जिवित राख्न प्रतिष्ठान अग्रसर

638
views

महेन्द्र जिसी
पर्वत, २९, जेष्ठ । गरीव अनाथ र गाउँ गाउँमा शिक्षाको ज्योतिबाट बञ्चित हुन पुगेका बालबालिका खोज्दै सेवाका हातहरुसँगै हातेमालो गर्ने एक युवा समाजसेवी गुमेको तीन वर्षको सम्झानमा फर्निचर सामान हस्तान्तरण गरीएको छ ।

विद्यार्थी जीवनदेखी ब्लबको नेतृत्व सम्हालेर शिक्षाको क्षेत्रका अतुलनिय योगदान गर्ने युवा गुमाएको दिनको सम्झानामा विद्यार्थीहरुलाई स्टेशनरी र विद्यालयलाई फर्निचर हस्तान्तरण गरीएको हो ।

तीन वर्षअघि जेष्ठ २८ गते सडक दुर्घटनामा निधन हुनुभएका तत्कालीन रोट¥याक्ट क्लव पर्वतका अध्यक्ष सन्तोष पौडेलेको सम्झनामा विद्यालयमा फर्निचर हस्तान्तरण गरीएको हो ।

पौडेलको सम्झनामा स्थापित सन्तोष पौडेल स्मृति प्रतिष्ठानले कुश्मा–७ को खरेहा अधारभूत विद्यालयलाई फर्निचर तथा विद्यार्थीहरुलाई स्टेशनरी सामान हस्तान्तरण गरेको हो ।

क्लव मार्फत समाजिक क्षेत्रमा अग्रसर बन्दै आएका पौडेलको निधनले धेरै युवाहरुको प्रेरणा गुमेको भन्दै पौडेलको सम्झना जिवित राख्न युवाहरुमा सामाजिक भावना जागृत गराउन पतिष्ठान स्थापना गरेर सामाजिक काम गर्दै आएको स्मृति प्रतिष्ठानका अध्यक्ष नारायण पौडलले बताउनु भयो ।

वडा सदस्य निलराज पुरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रअ नारायण गिरीलाई सामान हस्तान्तरण गरिएको हो ।

वडा नं–७ का सदस्य तथा कार्यवहाक अध्यक्ष निलराज पुरीले युवारुलाई एकत्रित गराएर सामाजिक भावनामा लगाउने र आँफुले पनि निस्वार्थ सामाजिक क्षेत्रमा अग्रसर भन्दै भएको पौडेलको दुःखद निधनको सम्झना गर्दै युवाहरुको भावना अनुरुप आफँुहरु आगाडी बढने बताउनु भयो ।

कार्यक्रममा रोट¥याक्ट कल्वका अध्यक्ष विनोद आचार्यले कल्वमा रहेर समाजिक काम गर्दा गर्दै गुमाउनु परेको सुनाउँदै पौडेलका अधुरा सपना पुरा गर्न कल्व निरन्तर लागि रहने बताउनु भयो ।

प्रतिष्ठानका संरक्षक पौडेलका वुवा ईश्वर प्रसाद पौडेलले छोराले गर्दै आएको सामाजिक भावनाको जागरण गर्दै सम्झना जगाई राख्न वार्षिक रुपमा परिवारका तर्फदेखी प्रतिष्ठानमा सघाउ पु¥याउँदै आएको बताउनु भयो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न गरिएको हो ।