पोखरामा लागुऔषध कारोबारी पक्राउ, प्रहरीले गोली चलायो

645
views

पोखरा ( पोखरामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । गोली चलाएर लागुऔषध कारोबारी समूहका नाइके गोविन्द थापा (जोन) लाई प्रहरीले उत्तम चोकबाट पक्राउ गरेको छ ।

विक्री गर्नको लागि लागुऔषध लिएर हिँडेको खबरपछि पछ्याउँदै गएको प्रहरीलाई नै आक्रमणको प्रयास भएपछि प्रतिरक्षाका लागि गोली चलाइएको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । उनले भने,’मोटर साइकलमा आएका थापाले पहिला प्रहरीमाथि गोली चलाएपछि प्रहरीले प्रतिरक्षाको लागि गोली चलाएको थियो ।’

थापाको खुट्टामा गोली लागेको छ । खुट्टामा गोली लागेर घाइते थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

थापाको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापाको आक्रमणबाट एक असइ समेत सामान्य घाइते भएको छन् ।