टिप्परको ठक्करबाट पत्रकार गेलाङको मृत्यु

447
views

जितेन्द्र थापा
सुर्खेत, २९, जेष्ठ । सुर्खेतमा क्रियाशील पत्रकार नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट निधन भएको छ । मोटरसाइकलमा सवार पत्रकार गेलाङलाई बा ५ ख १६८३ नम्बरको टिप्परले भेरी गंगा नगरपालिका वडा नं. ८ लोदेमा ठक्कर दिएको थियो ।

रुकुमबाट सुर्खेतको छिन्चु आउँदै गरेको टिप्परले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेका अनुसार टिप्पर चालक फरार रहेका छन् । चालकको खोजी कार्य जारी रहेको उनको भनाई छ ।

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव समेत रहेका गेलाङ सुर्खेत पहिचान दैनिकका सम्पादक समेत हुन् । उनको घर लेकबेसी–७ कल्याण घर भएपनि वीरेन्द्रनगरमा बस्दै आएका थिए ।