पोखरा फर्के सर्वेश्वरका व्यवसायि

549
views

पोखरा, २९, जेष्ठ । पोखराको सर्वेश्वरमार्गस्थित व्यवसायिहरुको टोली तीन दिने प्रवद्र्धनात्मक तथा अवलोकन भ्रमण सकेर पोखरा फर्किएका छन् ।

सर्वेश्वर व्यवसायि समितिको आयोजनामा पर्वत, बाग्लुङ्ग तथा म्याग्दीका व्यवसायिहरुसंग अन्र्तक्रियात्मक छलफल भएको हो । भ्रमणका क्रममा टोलीले कास्कीको नयाँपुल, पर्वतको कुश्मा बजार, म्याग्दीको बेनी र गलेश्वर तथा बाग्लुङ्ग र गलकोटका व्यवसायिहरुसंग अन्र्तक्रियात्मक छलफल गरेका थिए ।

म्याग्दीमा कपडा तथा फेन्सी व्यवसायिसंग, बाग्लुङ्गमा बाग्लुङ्ग उद्योग बाणिज्य संघ तथा बाग्लुङ्ग कपडा व्यवसायिसंग, गलकोटको हटिया बजारमा कपडा तथा फेन्सी बजार इकाई समितिका पदाधिकारीहरुसंग अन्र्तक्रिया भएको थियो ।

१६ सदस्यित टोलीमा सर्वेश्वर व्यवसायि समितिका अध्यक्ष सन्तोष पौडेल, फेन्सी व्यवसायि संघ कास्कीका महासचिव यादवप्रसाद पोख्रेल, संस्थाका सल्लाहकार नगेन्द्र पोख्रेल लगायत थिए । व्यवसायिक हितका लागि भएको पहिलो पटकको भ्रमण फलदायि भएको आयोजक समितिका महासचिव तुलबहादुर थापाले जनाए । आगामी दिनमा स्याँग्जा, तनहुँ, लम्जुङ्ग लगायतका स्थानमा पनि यस्तै खाले प्रवद्र्धनात्मक भ्रमण गरिने थापाले बताएका छन् ।