विश्व वातावरण दिवसमा चित्रकला प्रतियोगिता

747
views

पदम श्रेष्ठ
पोखरा । ४६ औं विश्व वातावरण दिवसको सन्दर्भ पारेर प्रकृति मान केन्द्रित जनअभियान नेपाल जिल्ला यूनिट कास्कीको आयोजनामा सितलादेवी सामुदायिक विद्यालयमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ । भावि पुस्ताको लागि पृथ्वी वचाऔं भन्ने मुल नाराका साथ आयोजित चित्रकला प्रतियोगिता विदालयका ५० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

विश्वमा वढ्दै गएको पर्यावरणीय चुनौतीलाई न्यूनिकरण गर्न विद्यार्थीहरुलाई चेतना फैल्याउने अभिप्रायले चित्रकला प्रतियोगिताको आयोजना गरिएको एन.एच.सि.पि.एम. कास्की यूनिटका अध्यक्ष तिलक पुनले वताए । चित्रकला प्रतियोगितामा कक्षा ९ का शुभम् मगरले प्रथम स्थान हासिल गरेका थिए भने कक्षा ८ का प्रेक्षा मैनालीले द्धितीय र ७ का प्रदिप वल्कोटीले तृतीय स्थान हासिल गरेका थिए भने सान्त्वना पुरस्कार गौरव थापा सुन्दर लामिछानेले हासिल गरेका थिए ।

चित्रकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा सितलादेवी वाल क्लवका अध्यक्ष रोशनी सापकोटा, शिक्षिका सावित्री पौडेल, प्रकृति प्रेमी कमल कार्की, धनप्रसाद तामाङ अभियान कास्की युनिटका उपाध्यक्ष संचारकर्मी शिवराज वस्ताकोटी, यदुनाथ वञ्जारा पूर्व केन्द्रिय अध्यक्ष सन्त वहादुर घिसिङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अभियान कास्की युनिटका अध्यक्ष तिलक पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा वन निर्देशनालय पोखराका वन अनुसन्धान अधिकृत राजेश मल्ल ले प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लोक गायिका वर्षा मगरले वातावरण गित प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको संचालन नेपाल युनिट केन्द्रिय सदस्य शिव आचार्यले गरेका थिए । प्र.अ. वावुराम अधिकारी प्रकृति मानव केन्द्रित जन अभियान नेपाल पर्यावरण बचाउन केन्द्रित राष्ट्रिय स्तरको खुल्ला संस्था हो । नेपालको ७ वटै प्रदेशमा सकृयता पूर्वक विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।