दिल्ली हिडेका ७० नेपाली यात्रुको कष्टकर यात्रा

1080
views

सीताराम थापा
बाग्लुङ्ग । नेपाल मञ्जु श्री यातायात मार्फत सञ्चालित बायस ट्राभल्स १३६२ नम्बरको बसमा चढेर भारतको दिल्ली हिडेका ७० यात्रुले गएराती कष्टकर यात्रा गर्न वाध्य बनेका छन् ।

फाईल तस्विर


ई–टिकट र टिकट लिएर यात्रा गरेका ७० यात्रुलाई सुनौलि बोर्डरबाट रिक्सामा जाउ भन्दै चालक र सह–चालक भागपछि यात्रुहरुले सुनौली वोर्डरमा तीनघण्टा कुर्नुपरेको थियो । तीनघण्टाको पर्खाईपछि भारतबाट आएको जिजे.०३.जिभी. ४४७४ नम्बरको बसबाट दिल्ली हिडेको यात्रुहरुले बताएका छन् ।

भारत दिल्लीका लागि नेपालबाट छुटेकोे उक्त बस सुनौली बोर्डरसम्म गएको थियो । काठमाण्डौं– दिल्ली भनिएपनि सुनौलीबाट चालक रसहचालका भागेपछि यात्रुहरु आक्रोषित बनेका थिए ।

ड्राईभर अमृत खड्का रहेको उक्त कम्पनिको बसमा झ्याल, पंखा वा एसी केहीपनि नभएको र भाडा समेत मनलाग्दी लिएको यात्रु गोविन्द हुमागाईले बताए ।

‘एसि सेवा भनेर महंगो भाडा तिर्यौं, तर बसमा झ्याल समेत थिएन् यात्रु हुमागाईले भने, गाडीमा अत्यधिक गर्मीले पसिनै पसिना हुनुका साथै यात्रामा सवार महिला, बालबालिका, वृद्धसमेतले यात्राअवधीभर कष्टकर यात्रा गर्न वाध्य बने ।’

उक्त बसले यात्रुहरुको भाडा समेत समान नभएर प्रति यात्रु २५ सय देखि ६ हजार समेत लिएको भन्दै यात्रु डा. असिम शाहनीले बताए ।

नेपाल भारत बीच पारवहान संझौता भए अनुसार २०७३ असार ९ गते काठमाडौं–नयाँ दिल्लीका लागि दुईवटा बस सुचारु भएका थिए ।