लोकसेवाको तयारी गरेका विद्यार्थी सडकमा

813
views

काठमाडौं, ३० जेठ । लोकसेवाको तयारी गरिरहेका विद्यार्थीहरु आज पनि आन्दोलित बनेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न दिएको निर्देशन विरुद्ध विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

लोकसेवा तयारी विद्यार्थी संघर्ष समितिको आयोजनामा राज्य व्यवस्था तथा सुशासन समितिले गरेको अमान्य निर्णय विरुद्धको बृहत आन्दोलन तथा दबाबमूलक कार्यक्रम लेखिएको ब्यानरसहित युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले आफ्ना मान्छेलाई करारमा भर्ना गरी जागिर खुवाउने नियतले लोक सेवाको प्रक्रिया रोक्न खोजेको आरोप लगाएका छन् ।

प्रदर्शनमा लोक सेवा परीक्षा दिनका लागि आवेदन दिएका विद्यार्थीलगायत अन्य विद्यार्थीहरुको सहभागिता छ । उनीहरुले माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए ।