म्याग्दीको हिदी गाँउ चिनारी म्युजिक भिडियो विमोचन

1496
views

पर्वत । म्याग्दी जिल्लाको मंगला गाँउपालिका वडा नं. २ स्थित रमणीय हिदी गाँउको चिनारी म्युजिक भिडियोको विमोचन गरिएको छ । पोखरा १९ लामाचौरस्थित लालीगुराँस पुन समाजमा आयोजित कार्यक्रममा वरिष्ठ समाजसेवी गंगालाल थजालीले म्युजिक भिडियोको विमोचन गर्नुभएको हो ।

हिदी गाँउका स्थानीय चतुरध्वज फगामीको शब्द, देव पुनको संगीत, प्रविशा अधिकारीको स्वर रहेको गीतमा संगीत संयोजन शाहस शाक्यले गर्नुभएको छ। म्युजिक भिडियोमा अस्मिता गर्बुजा पुनले अभिनय, कोरियोग्राफी रोहन नेपाली, छायांकन प्रकाश(कास) र निर्देशन नेत्र गुरुङले गर्नुभएको हो । म्युजिक भिडियोको निर्माण रमेश गुरुङ र पुकार पुनले गर्नुभएको हो ।

हिदी गाँउको ऐतिहासिकता, सौन्दर्यता, सँस्कृति र जनजीवन प्रस्तुत गरिएको गाँउ चिनारी म्युजिक भिडियोमा सुस्मिता पुन, डेककुमारी रोका, रिना रोका, कृष्ण माया शेरपुन्जा, सुस्मिता पुन, सुस्मा गर्बुजा, ओशिन रोन्तिजा, हेम कुमारी पुन, श्रृष्टी शेरपुन्जा पुन, प्रिति शेरपुन्जा पुन, सुनीता फगामी, युसा पुर्जा, विशाल पुर्जा, सुनिल पुर्जा, दिनेश बुढा, बालु पुर्जाले नृत्यमा अस्मितालाई साथ दिएका छन् ।

गाँउ चिनारी म्युजिक भिडियो निर्माणका लागि शिद्ध मालिका युवा क्लब हिदी, सन्तोसी आमा समुह, उपल्लो हिदी, लालीगुराँस आमा समुह, हिदी छपाली, लाली गुराँस महिला शसक्तीकरण आमा समुह तल्लो हिदी, मगर मिलन पञ्चेबाजा समुह हिदी, शिद्ध शान्ती माध्यामिक विद्यालय हिदी, प्रगती प्राथामीक विद्यालय हिदी खात्रुङ्गखोला, बाल कल्यान प्राथमिक विद्यालय तल्लो हिदी, हिदी स्वास्थ्य इकाई खात्रुङ्गखोला हिदी लगायतका संघ संस्थाहरुले सहयोग गरेको क्यामरपर्सन रक्षा गुरुङले जानकारी दिनुभयो ।

म्युजिक भिडियो निर्माणका लागि नगेन्द्र थापाको अध्यक्षतामा समिति समेत गठ गरिएको थियो। समितिको उपाध्यक्षमा तुलप्रसाद पुन, कोषाध्यक्ष पडमबहादुर पुर्जा, सह–कोषाध्यक्षमा दिनेश बुढा, सचिवमा तेजेन्द्र शेरपुन्जा र सल्लाहकारमा हरिप्रसाद पुर्जा, ललितमान शेरपुन्जा, श्याम प्रसाद पुर्जा, दुर्गा बहादुर शेरपुन्जा, फोरम बहादुर पुन, योगेन्द्रमान पुर्जा, धनिराम पुन,गाउँ प्रतिनिधि चन्द्रमान शेरपुन्जा, हरिप्रसाद पुर्जा, बालु पुर्जा र संरक्षक उदय शेरपुन्जा र सुरज पुर्जा रहनु भएको थियो ।