अभियान्तामाथि लाठी, पाँचसय लिटर रगत बगाइयो

3110
views

काठमाडौं, १, असार । कम्युनिष्ट सरकारका गलत गतिविधिका विरुद्ध सामाजिक संघसंस्थाहरु सडकमा उत्रेका छन् । शनिवार सामाजिक संस्था राष्ट्रिय स्वयंसेवकले काठमाडौंको भद्रकाली मन्दिर अगाडी पाँचसय लिटर रगत बगाउँदै सरकारलाई साङ्केतिक दबाब दिएको छ ।

रगतको बलिदानबाट देश बनाउँछु भन्ने अभिव्यक्ति मात्र दिईरहँदा सरकारले अझै कति रगतको खोलो बगाउन चाहन्छ भन्दै साङ्केतिक रुपमा रगत बगाएर प्रर्दशन गरेको राष्ट्रिय स्वयंसेवकका प्रबक्ता सफलता बोगटीले बताईन् ।

देशमा हत्या, हिंसा, बलत्कारका घटनाहरु बढिरहँदा सरकारले कानमा तेल हाले झैं मौन बसेपछि राष्ट्रिय स्वयंसेवकले रगतको होली नखेल्न यस्तो चेतावनी दिएको हो ।

कार्यक्रममा प्रहरीले अभियान्तामाथि लाठी बर्साउँदै १२ जना भन्दा बढी अभियान्तालाई गिरफ्तार गरेको छ । पक्राउ पर्नेमा श्रीराम घिमिरे पुरुषोत्तम गजुरेल, सुदिप गजुरेल, बिमल खत्री, रामजित कामत लगायतका रहेका छन् ।