स्वदेश फर्किदा प्रमलाई कालो झण्डा, दुईजना पक्राउ

896
views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कालो झण्डा देखाउने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका दुईजना कार्यकर्ता पक्राउ परेका छन् ।

युरोप भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने क्रममा तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाह र अर्का एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

युरोप भ्रमण सकेर स्वदेश फर्किंदै गरेका प्रधानमन्त्री ओलीलाई आइतबार विमानस्थलमा कालो झण्डा देखाउने क्रममा दुवैजनालाई प्रहरीले पक्राउ गरेको तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बताएका छन् ।