मनिपाल इन्टरनेसनल युनिभर्सिटीमा इन्फर्मेसन सेसन

776
views

प्रविन बस्नेत काजी
भारत । अनट्रयाक एजुकेशन कन्सल्टेन्सी र ग्लोबल एजुकेटर्स एण्ड कन्सल्टेन्टसको संयुक्त आयोजनामा काठमाडौंमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया क्याम्पस र दुबई क्याम्पसका बारेमा इन्फर्मेसन सेसन आयोजना गरेको छ ।

मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसियाका डिन असगर हुसेनले उक्त इन्फर्मेसन सेसनमा युनिभर्सिटी र शैक्षिक प्रणालीका बारेमा जानकारी गराउनु भएको थियो । जुन १५ तारिख काठमाडौंको एम्बेसडर होटलमा परामर्श दातृसंस्थाहरूसंग भेटघाट तथा छलफल र बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म इन्फर्मेसन सेसन मा सहभागी भई विद्यार्थी र अभिभावकहरूले मनिपाल इन्टरनेसनल युनिभर्सिटीको बारेमा जानकारी लिएका थिए ।

पछिल्लो समयमा मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसियाले २१ औँ शताब्दीलाई सुहाउँदो बजारमुखी र प्राविधिक शिक्षालाई सफलतापुर्वक सञ्चालन गरिरहेको छ । मनिपाल इन्टरनेसनल युनिभर्सिटी मलेसिया लाई नेपालमा प्रबर्धन गरेको अनट्रयाक एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक संजित कनौजियाले मनिपाल इन्टरनेसनल युनिभर्सिटीले मलेसिया, दुबई र इन्डिया तिनै स्थानमा बिश्व स्थिर को शिक्षा प्रदान गरेकै कारण आफुले नेपालमा यस युनिभर्सिटीलाई प्रवर्दन गरेको जानकारी दिनुभयो ।

मनिपाल ग्लोबल एजुकेशन ग्रुपको एक सदस्य मनिपाल इन्टरनेसनल युनिभर्सिटी (एमआईयू), मा विज्ञान, ईन्जिनियरिङ्, बिजनेस र मास कम्युनिकेशंन को सम्बन्धित थुप्रै कोर्ष हरु सञ्चालन मा ल्याएको छ । यस युनिभर्सिटी ले ३० वटा भन्दा बढी अन्तराष्ट्रिय युनिभर्सिटीसंग साझेदारी गरिसकेको ग्लोबल एजूकेटर्स एण्ड कन्सल्टेन्स्की प्रतिनिधि कबिता घूशीले बताउनुभयो ।