देउवा सहभागी कार्यक्रम केसी र महतको बहिष्कार

734
views

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–४ चौघडामा शनिवारदेखि आयोजित क्षेत्र १ र २ को संयुक्त क्षेत्रीय सम्मेलनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आएपछि दुई प्रभावशाली नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले उक्त कार्यक्रमको बहिष्कार गरेका छन् ।

नुवाकोटलाई राजनीतिक आधार बनाउँदै केन्द्रीय नेता भएका डा. रामशरण महत र अर्जुननरसिंह केसी कार्यक्रममा सहभागी नभएपछि गुटगत तिक्तताको पर्दाफास भएको छ । कार्यक्रममा केसी र महत उपस्थिति नभएपछि कार्यक्रम नै खल्लो भएको कार्यकर्ताको भनाई छ ।

देउवानिकट सहमहामन्त्री डा. प्रकाशरण महतको निर्देशनमा कार्यक्रम गरिएकाले केसी र महतले बहिस्कार गरेको कांग्रेस संस्थापन पक्षको भनाइ छ । पार्टीको विधानविपरीत दुईवटा क्षेत्रको सम्मेलन एकै ठाउँमा गरिएकोले कार्यक्रम नै बहिष्कार गरिएको नुवाकोट काँग्रेसको संस्थापन पक्षको दाबी छ ।

केसी र महतले पूर्वनिर्धारित कार्यक्रमको बहाना बनाएर कार्यक्रममा उपस्थित नभएको आरोप छ । कार्यक्रमबारे प्रचार गर्ने प्रचार सामग्रीमा देउवा, गच्छदार र सहमहामन्त्री डा. महतको फोटो राखिएको तर अर्का दुई नेताको फोटो नराखिएकोले बहिष्कार गरेको कार्यकर्ताको भनाई छ ।

यता जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टीमा गुटबन्दी नगर्न सभापति देउवालाई सुझाव दिदैं केसीले कांग्रेसको जागरण अभियानबाट थाहा भयो कार्यकर्ताले गुटबन्दी मन नपराएको बताएका छन् ।

सह–महामन्त्रीमा डा. प्रकाशरण महतको निर्देशनमा अर्जुननरसिंह केसी र डा रामशरण महतले कार्यक्रम बहिस्कार गरेको भनाइ छ ।

गुट र उपगुट होईन पहिलो दल बाउन लागौं–देउवा
कार्यक्रममा सभापति शेर बहादुर देउवाले नेपाली काँग्रेस पहिलो दल बन्नका लागि सबै किसिमका अन्तर्विरोधको अन्त्य हुन आवश्य रहेको बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले अब पार्टीलाई एक ढिक्का बनाएर लैजाने र यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म सुदृढीकरण जरुरी रहेको बताए । उनले आफ्ना नेता तथा कार्यकर्तालाई सच्चिएर जनतामाझ जान सुझाव दिँदै एकले अर्काको खुट्टा तान्ने र गुट उपगुटमा नलाग्न सुझाए ।

सरकारले एकपछि अर्को विधेयक ल्याएर जनतालाई समस्या हुने काम मात्रै गरेको भन्दै उनले आफू खुसी निर्णय गर्न छाडेर जनताको पक्षमा काम गर्न सुझाव दिए । उनले सरकारले ल्याएको गुठी विधेयक र मिडिया काउन्सिल विधेयक संसदबाट कुनैपनि हालतमा पास हुन नदिने चेतावनी दिए ।

वुढीगण्डकी जलविद्युत आयोजनाको काम नेपालले गर्नुपर्ने पक्षमा आफू रहेको र विदेशीलाई दिएर गलत काम गरेको देउवाले आरोप लगाए । अनियमितता, हत्या, हिंसा, बलात्कार घटनाका दोषीलाई सरकारले कारवाही गर्न नसेको उनको उनले बताए ।

सोही भेलालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले दुई तिहाईको दम्भमा रहेका कारण वर्तमान सरकार प्रेस तथा स्वतन्त्र संस्थाहरूको अधिकारलाई खोस्ने पक्षमा क्रियाशील भएको आरोप लगाए ।

कांग्रेस सहमहामन्त्रि डा. प्रकाशशरण महतले सरकारले जनताको भन्दा पनि आफ्नो हितमा मात्रै केन्द्रीत भएको आरोप लगाए ।