प्रधानसेनापति चीन प्रस्थान

575
views

काठमाडौं । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आज चीन प्रस्थान गरेका छन् । प्रधान सेनापति थापा नेपाल सरकारको निर्णय बमोजिम असार १ गतेदेखि ७ गतेसम्म हुने सप्ताहव्यापी औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित आज मित्रराष्ट्र चीनतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित चीनका राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । यसअघि उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा हुन लागेको चीन भ्रमणको दौरानमा थापाले चीनका विभिन्नस सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाटलगायत ऐतिहासिक स्थलहरुको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।