स्वयम् सेविकालाई ब्लडप्रेसर नाप्ने यन्त्र वितरण

1178
views

पोखरा, २, असार । महिला स्वास्थ्य स्वयम् सेविका पोखरा महानगरपालिका वडा नं। ९ का सदस्यहरुलाई वडा कार्यालय ९ ले ब्लड प्रेसर नाप्ने विद्युतीय यन्त्र आईतबार वितरण गरेको छ ।

वडा कार्यालयको आव २०७५/७६ को वजेटमा विनियोजित रकमबाट खरिद गरिएका १२ थान उक्त यन्त्रहरु वडामा रहेका १२ जना स्वास्थ्य स्वयम् सेविकाहरुलाई वितरण गरिएको हो । सो कार्यक्रम वडा अध्यक्ष रामराज लामिछाने महिला स्वास्थ्य स्वयम् सेवीकाहरुले वडा भित्र रहेका विपन्न परिवारका सदस्यहरुको उपचारलाई प्राथमिकतामा राखी कार्य गर्नुपर्ने वताए ।

त्यस्तै पोखरा महानगरपालिका स्वास्थ्य शाखाका प्रमुख हेमन्त पौडेलले पोखरामा रहेका अन्य स्वयम् सेवीकाहरुको भन्दा नमुना भएकोले आगमी दिनहरुमा पनि कायमै राख्न अनुरोध गरेका थिए ।

कार्यक्रममा वडासदस्य राममाया मानन्धर, शहरी स्वास्थ्य प्रबर्धनका अधिकृत नवराज पौडेल, वडा सचिव लोकदर्शन कोईराला, नगर स्वास्थ्य केन्द्र पोखरा ९ की इन्चार्ज अन्जु शर्मा लगायतले वोलेका थिए ।

महिला स्वास्थ्य स्वयम् सेवीका पोखरा ९ की संयोजक विमला रानाभाटले महिला स्वास्थ्य स्वयम् सेवीकाहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गरी प्राविधिक रुपमा सक्षम वनाउनु पर्ने वताईन् ।

कार्यक्रमका महिला स्वास्थ्य स्वयम् सेविका संयोजक विमला रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा कमला केसीले स्वागत र शर्मिला वास्तोलाले संचालन गरेका थिए ।