दैलेखको विकासको आधार पर्यटन

4112
views

–पुष्कर उपाध्याय (दैलेख)
पर्यटन, पानीमाथि आगो बल्ने नेपाली भाषाको पहिलो शिलालेख आदिको कारण दैलेख आफैमा पहिचान दिन सफल छ । राजनैतिक रुपमा बाईसे चौविसे राज्यकालमा दुईवटा ठुला राज्य दुल्लु राज्य र सिंजा राज्यको सितकालिन राजधानी र बेलासपुर कायम भई शासन सत्ता सञ्चालन भएको इतिहास जिवित छ । यस्तै प्राचीन देवभुमि, दोर्णाचार्य जस्ता ऋषि मुनिहरुले तपस्या गरेको तपोभुमि मृगतृष्णा पूरा गर्ने खालका घना जंगल पनि छन् । यस्तै नेपाली अधिराज्यभरि आजपनि छरिएर रहेका विभिन्न जातजातिहरुको उद्गम स्थल पनि हो । दैलेख जिल्ला नेपालकै ऐतिहासिक क्षेत्रहरू मध्ये प्रमुख पर्यटकीय स्थलहरु मध्ये एक रमणीय स्थल हो ।

पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेतले यो रमणीय मध्ये पहाडी जिल्लाको उपनामले चिनिन्छ । पर्यटकीय रुप दैलेख जिल्ला सम्भावना नै सम्भावना बोकेको जिल्ला हो ।

यस जिल्लामा कला, संकृति, भाषा र अनवरत रुपमा बल्ने ज्वालाको सुगन्ध लिन सकिन्छ । पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेतले यो रमणीय मध्ये पहाडी जिल्लाको उपनामले चिनिन्छ । पर्यटकीय रुप दैलेख जिल्ला सम्भावना नै सम्भावना बोकेको जिल्ला हो । प्राकृतिक रुपमा सम्पन्न रहेको यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरूमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, बेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङ्गेश्वरबजार, ठाँटीकाट, रामघाट बजार रहेका छन् । दैलेख जिल्ला विभिन्न मठ, मन्दिर, पर्यटकीय तिर्थस्थल तथा विभिन्न नदीहरूका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरू तथा प्राकृतिक श्रोतको व्यापक उपलब्धताले पर्यटकलाई सदावहार चुल्हे निम्तो पठाउँछ ।

नाबिस्थान, श्रीस्थान, कोटिला पादुका र धुलेश्वर दैलेखको पञ्चकोशि तिर्थस्थलहरु कै प्रमुख तिर्थस्थल हुन । दैलेख जिल्ला सांकृतिक दृष्टिकोणले पनि अग्र स्थानमा रहेको छ । पन्चैबाजा, धमारि, हुड्के, माङगल, देउडा आदि पुराना कला संकृति रहेका छन् । यहाँ पानी माथि आगो बल्ने र पेट्रोलियम पदार्थको सम्भावना समेत रहेको । प्राकृतिक दृष्टिकोणले सुन्दर र भरिपुर्ण दैलेख जिल्लाको सबैभन्दा बढी पर्यटकीय सम्भावना बोकेको ज्वालामुखि, धार्मिक जिल्ला हो दैलेख ।

दैलेखमा पर्यटन भित्र्याउन तत्कालका लागि धार्मिक तथा ऐतिहासिक क्षेत्र को संरक्षण, प्रर्वद्धन र प्रचार, नयाँ प्राकृतिक सम्भावनाको खोजी र निर्माण, शहरीकरण र तिब्र बिकास गरि सुबिधा सम्पन्न होम स्टेको व्यापार गर्नुपर्न आवश्यकता रहेको छ । यहाँका सडकहरुको राम्रो बिकास गरि सम्पुर्ण धार्मिक क्षेत्रमा पुग्नसके आन्तरिक तथा बाहय पर्यटकलाई भित्र्याई मनग्ये आम्दानी गरि दैलेखलाई आर्थिक रुममा बनाउन सकिन्छ । अन्ततः दैलेखको आर्थिक ,सामाजिक, संस्कृति तथा राजनीति क्षेत्रको बिकासको मुल आधार नै पर्यटन हो । यसको बिकास गर्न सम्पुर्ण को दायित्व हो ।