आर्दश माविद्वारा मेयर, उपमेयर लगायतका जननिर्वाचित प्रतिनीधिलाई बधाई एवं सम्मान

720
views

पर्वत, १०, जेठ । आर्दश आवासिय मावि कुश्माले कुश्मा नगरपालिकाका प्रमुख, उप–प्रमुख तथा वडा नं. ५ का विजयी उम्मेदवारहरुलाई बधाई एवं सम्मान गरेको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचनका विजयी उम्मेदवारहरुलाई आर्दश माविले बधाई एवं शुभकामना व्यक्त गरेको हो । बधाई एवं सम्मान कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आफुले व्यक्त गरेको चुनावी घोषणापत्र अनुसार नै कुश्मा नगरपालिकाको समृद्धिमा लाग्ने प्रतिवद्धता व्यक्त गरे । जोशीले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा सफलता प्राप्त गर्दै आएको यस विद्यालयले सम्पूर्ण विद्यार्थीहरुमा राष्ट्रपे्रमी र राष्ट्र भक्तिको भावना जगाउनुपर्ने समेत बताए ।

कार्यक्रममा वोल्दै विजयी उपमेयर सिता काफ्ले लामिछानेले कुश्मानगरपालिकालाई नेपालकै उदाहरणीय नगरपालिकाको रुपमा स्थापना गर्ने तथा शैक्षिक विकासलाई विशेष जोड दिने कुरा बताइन् । उक्त कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष चित्रकला भारती शर्मा, विद्यालय सञ्चालक समिति परिवार लालकुमारी सिके, शुभचिन्तक लक्ष्मी सुनार, नरेन्द्र केसी, उत्तम ढकाल तथा वडा नं. ४ का सदस्य अभिभावक हिना परियार लगायतका जननिर्वाचित प्रतिनीधिलाई स्वागत एवं सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितका अध्यक्ष गणेश मान श्रेष्ठ, शिक्षक छनौट समितिका संयोजक बसन्त बहादुर सिके, सदस्यहरु दिनेश अधिकारी, देव शर्मा, प्रिन्सिपल हिम बहादुर पौडेल क्षेत्रीको उपस्थितिमा विजयी उम्मेदवारहरुलाई बधाई, शुभकामना तथा सम्मान गरिएको विद्यालयल समाचार कक्षले जनाएको छ । उक्त कार्यक्रममा शैक्षिक अभियन्ता, टोफेल तथा ई. एल. टि. एस्पोर्ट, प्रोफेसर राजु शर्माले कुश्मा नगरपालिकाका विजेता सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।