अखिल क्रान्तिकारीका १७ विद्यार्थी नेता गिरफ्तार

547
views

काठमाडौ । त्रिवि सेवा आयोगको परीक्षामा भएको अनियमतिताविरुद्ध धर्नामा बसिरहेका मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनका १७ जना विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । अनसनमा बसेका विद्यार्थी नेताहरुलाई सोमबार किर्तीपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल सहित १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

पक्राउ पर्नेमा उपाध्यक्ष शिलु न्यौपाने, महासचिव केशल दाहाल, सचिव महेश श्रेष्ठ, कोषाध्यक्ष सुर्य कार्की केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, सोभा सेञ्चुरी, सागर शाही, नरबहादुर कुमाल लगायत रहेका छन् । गिरफ्तार गरिएका सबैलाई महानगरीय प्रहरी बृत्त कालीमाटीमा राखिएको छ ।

गिरफ्तार गर्ने क्रममा प्रहरीले हातपात गरेको छ । प्रहरीको कुटाईबाट महेश श्रेष्ठसहित राम नेपाली र कुमार बर्तौला घाईते भएका छन् । विभिन्न माग राख्दै शान्तिपूर्ण रिले अनशनमा बसिरहेका अखिल क्रात्किारी नेताहरुलाई २९ औं दिनमा प्रहरीले गिरफ्तार गरेको हो ।