गैडाकोटमा भएको दुर्घटनामा बुलिङटारका सन्यासीको मृत्यु

590
views

शोभा जिसी
नवलपरासी, ३ असार । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० मा भएको दुर्घटनामा परी एक जनाको निधन भएको छ । एक जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गएराति गैडाकोट १० मा नारायणगढबाट बुटवल आउँदै गरेको लु १ ख ८३२६ नम्बरको बसले ना ३३ प ८७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बुलिङटार गाउँपालिका ३ बस्ने मोटरसाइकलमा सवार ५२ बर्षीय विरेन्द्रनन्द सन्यासीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक बुलिङटार ३ का ३७ बर्षिय विष्णु निर्मल गिरी र सन्यासी घाइते भएकोमा नयाँ मेडिकल कलेज चितवनमा सन्यासीको उपचारको क्रममा निधन भएको हो । चालकको उपचार भईरहेको छ । बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको छ ।