महाशिला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भ

1621
views

सन्देश लामिछाने ।
पर्वत, ३, असार । महाशिला गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । महाशिला गाउँपालिका वडा नं ५ स्थित लुंखू देउराली बजारमा २२ जना युवालाई सडक संरक्षणका लागि ३० दिने रोजगारी दिदै कार्यक्रमको सुरुवात गरेको हो ।

कार्यक्रमको अध्यक्ष वडा नं ५ का वडाध्यक्ष जिवन विक्रम उचैले गरे । र्नु भएको थियो भने प्रमुख अतिथिमा गाउँपालिका अध्यक्ष राजु प्रसाद पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रमको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले श्रमको सम्मान गर्दै वेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत महाशिला गाउँपालिकामा ९०५ जनाले फाराम भरेका थिए भने प्रारम्भिक चरणमा १०४ जनाले रोजगारी पाएका छन । उक्त कार्यक्रम अन्तर्गत यस चालु आ. व. मा रू १७ लाखको बजेट शसर्त अनुदान मार्फत गाउँपालिकालाई आएको थियो