प्रधानमन्त्री बोल्न लाग्दा कांग्रेसको अवरोधपछि बैठक स्थगित

768
views

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि मंगलबारको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । प्रधानमन्त्रीले सम्बोधन गर्नुअघि आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवालाई बोल्न नदिएको भन्दै कांग्रेस सांसदले नारावाजी गरेका थिए ।

बैठक सुरु हुने बितिकै सभामुख कृष्णबहादुर महराले प्रधानभन्त्री केपी ओलीलाई सम्बोधनका लागि समय दिएका थिए । सभामुख कृष्णबहादुर महराले पटकपटक प्रधानमन्त्रीको कुरा सुन्न आग्रह गरिरहँदा पनि प्रतिपक्षी दलका सांसद नाराबाजी गरी रोस्टम घेराऊ गरिरहे ।

प्रधानमन्त्री बोल्नका लागि रोस्टममा पुगेर केही नबोल्दै सभामुखले बैठक स्थगित गरे । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।