कर्णाली नदीमा जिप खस्यो, १५ जना बेपत्ता

734
views

जितेन्द्र थापा
सुर्खेत । हुम्ला जिल्लाको खर्पुनाथ गाउँपालिका हुँदै जिल्ला सदरमुकाम सिमकोटका लागि छुटेको जीप मंगलबार बिहान कर्णाली नदीमा जीप खस्दा १५ जना बेपत्ता भएका छन ।

लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित याँचुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । प्रहरीका अनुसार जीप कर्णाली नदीमा बेपत्ता भएको छ । नदीमा डुबेर वेपत्ता भएको जीपको खोजी भइरहेको छ ।

स्थानीयका अनुसार जीपमा १५ यात्रु सवार थिए । दुर्घटनास्थल सदरमुकामबाट टाढा भएकाले उद्धार र खोजीका लागि सदरमुकामबाट प्रहरी र सेनाको टोली खटाइएको छ । यस्तै वेपत्ता जीपको खोजीका लागि दुई हेलिकोप्टरसमेत परिचालन गरिएको प्रहरीले जानकारी दिएको छ ।