ललितपुर महानगरपालिकामा कांग्रेस विजयी

626
views

काठमाडौं, १० जेठ । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा चिरीबाबु महर्जन र उपमेयरमा गीता सत्याल विजयी भएका हुन् । महर्जनले एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गरेका छन् । मेयर निर्वाचित कांग्रेसका महर्जनले २४ हजार ६ सय ४२ मत पाएका छन् भने एमालेका ब्यन्जनकारको पक्षमा २४ हजार ३ सय १६ मत परेको छ ।
यसैगरी उपमेयरमा कांग्रेसकी गीता सत्यालले साझा पार्टीकी शोभा शाक्यलाई ५ हजार ५७९ मत अन्तरले हराइन् । उपमेयर निर्वाचत सत्यालको पक्षमा १९ हजार ८१९ मत परेको छ भने साझा पार्टीकी शाक्यले १४ हजार २४० मत पाएकी छन् ।