तादी गाउँपालिकाका कृषकलाई कृषि सामाग्री

662
views

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाले कृषकहरुका लागि कृषि सामाग्री हस्तान्तरण गरेको छ । तादी गाउँपालिकाको बार्षिक कार्यक्रमबाट गाउँपालिकाको वडा न. ३ मा टँडेल सामाग्री, मौरी पालनको लागि घार गाउँपालिकाका २६ जना कृषकलाई वितरण गरेको हो ।

सामग्री बितरण कार्यक्रममा तादी गाउँपालिका प्रमुख नारायण पाण्डे लगायत वडा–३ का वडाध्यक्ष, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।

तादी गाउँपालिकाले आफ्नो योजनामा कृषिलाई मुख्य प्राथमिकता दिएकाले कृषकहरुको सहुलियतका लागि कृषि सामाग्री बितरण गरिएको तादी गाउँपालिकाका प्रमुख नारायण पाण्डेको भनाई छ ।

त्यस्तै कृषिमा गाउँपालिकालाई आत्मनिर्भर बनाउन उत्पादन बढाउने र कृषि क्षेत्रमा बढिरहेको लागत घटाउने उद्धेश्यका साथ विभिन्न कार्यक्रम मार्फत गाउँपालिकाले सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरे ।