संघियताः कुहिरोको काग, गैँडाको खाग, खुर्सानीको राग

315
views

–वुद्ध पौडेल
हिजो वाईसे चौविसे राज्य भएको हाम्रो देश नेपाल पृथ्वीनारायण शाहले कयौँ लामो संघर्ष पश्चात एकीकरण गरेको इतिहास त हरेको इतिहासको पानामा पढ्न पाईन्छ । राज्यलाई सुनौलो बनाउन एकीकरण गरेका पृथ्वीनारायण शाहले सोचेको काम पुरा भयो या भएन त्यो त जान्न बाँकी नै रह्यो तर वर्तमान वहुदलिय राज्य व्यवस्थाले त्यसले राज्यलाई परिर्वतन गराउन नसक्ने ठहर गरेकै कारण अहिले फेरी छिमेकी भारतको सिकोमा देशलाई टुक्राटुक्रा बनाएर राज्यलाई सुनौलो बनाउन दगुरादगुर गरिरहेको परिपेक्ष्यमा कति सफल हुने हुन दल कति असफल हुने हुन वा राज्यका गरिव जनतालाई पालैपालो चुसेर गाउँमा आएको सिंहदरवारबाट थुप्रै आशा राखेका जनतालाई झन घर न घाट बनाउने हुन अथवा साँच्चै गाउँ नगरलाई समृद्ध बनाएर राज्यका रहेका हरेक नागरिकलाई संघियताको आर्कषण बढाउने हुन त्यो चाहीँ हेर्न बाँकी नै छ ।

यी शव्दहरु लेखीरहँदा न त म कुनै दलको विरोधी छु न त कुनै दलको समर्थक म एउटा गाउँको झुपडीमा बस्ने गरिवी जनताको मनको पीडा बुझेर उनीहरुको पीडालाई ओकलिरहेको छु । किनकी म पनि कुनै समय एउटा संस्थामा लागेर सामाजिक काममा तल्लिन हुन्थे र त्यहाँबाट मैले थुप्रै अनुभव संगालेको थिए । त्यही अनुभवका आधारमा मैले यी शव्दहरु कोरिरहेको छु । नेपालीमा एउटा उखान छ नी ‘हुन त भयौ राजै भैरहनलाई गाह्रो भने झैँ’ हिजो हामी पनि तिनै दलको आडमा संघियता, संविधान भन्दै हिँडेऊ किनकी दलका सुकिलामुुकिलाहरु लाई संघियता ल्याउनु थियो र त्यसबाट स्वार्थ लिनु थियो, तर हामी दिनभरी साहुको मेलामा काम गरेर बेलुका चुल्हो बाल्न धौ धौ हुनेहरुले गाउँमा रहेका तिनै दलका सुकिलामुकिलाहरुका ठेक्दारहरुले हामीलाई पनि घुमाई दिएर नबुझी नवुझि संघियताको पक्षमा लागिप¥यौ । सफल भैयो ल्याईयो पनी बल्ल अहिले थाहा हुँदैछ त्यो गैरी खेतको पुछारमा कयौँ कोशिस गर्दापनि केही उत्पादन नहुने त्यो बनमारा नउम्रेको पाटोलाई अनि यो भिरमा गौलातो उम्रेको जग्गालाई संघियताले ढाड सेक्नेगरी तोकेको कर तिर्दा बल्ल अनुभव भएको छ । साँच्चै सुकिलामुकिलाले नै भोगचलन गर्न संघियता ल्याएका रहेछन् ।

‘एउटा गरिब किसानले टमाटरको टनेल हाल्छ उसको रातदिनको मेहनत गरेर २ पाउ टमाटर बढि फलाउन पाए उस्ले संसार जिते जस्तो लाग्छ, तर संघियता उस्ले फलाएको टमाटरको कर लिन पुग्छ, तर त्यो कर तिरेवापत पाउने सेवा सुविधा कुन चराको नाम हो विचरा त्यो गरिवलाई थाह नै हुँदैन ।’

भर्खर यसो भनिरहँदा मैले संघियता गलत काम नै छैन भन्न खोजेको भने हैन जनतालाई सुख र समृद्धि दिनका लागि संघियता लागि परेको छ । त्यहाँका प्रतिनिधी लागि परेका छन् । तर, प्रतिनिधीहरु आलोपालो बुझ्न पढ्न सकेनन् । मौका आएको बेला आसेपासेलाई भ¥याङ चढाउन मात्र तल्लिन भए टाँठाबाठा मात्र चम्किरहे एउटा गरिब किसानले टमाटरको टनेल हाल्छ उसको रातदिनको मेहनत गरेर २ पाउ टमाटर बढि फलाउन पाए उस्ले संसार जिते जस्तो लाग्छ, तर संघियता उस्ले फलाएको टमाटरको कर लिन पुग्छ, तर त्यो कर तिरेवापत पाउने सेवा सुविधा कुन चराको नाम हो विचरा त्यो गरिवलाई थाह नै हुँदैन । किनकी, सिंहदरवारभित्र पनि थुप्रै दलालहरु रहेका छन् । तर संघियता ल्याउन हिजो त्यहि गाउँमा ठेक्दार बनेर हिँडेका दलका प्रतिनिधिले के गर्छ, एउटा टनेल राख्छ उस्लाई २ केजी पनि फलाउनु छैन त्यहि तस्वीर वेचेर उस्ले अनुदान खान्छ । किनकी फलाएर बेच्नु दुःख र परिश्रम गर्नुपर्छ तर यता संघियताको प्रतिनिधीको हस्ताक्षरमा लाखौँ रुपैँया कुम्ल्याउन पाईरहेको हुन्छ । यो त उदाहरण मात्र हो यसरी विभेद भएको छ संघियताको नाममा । त्यही भएर त भन्न खोजे संघियता कुहिरो भित्रको काग भयो, कता जाने जाने भोगचलन गर्न पाउनेलाई गैँडाको खाग भयो नपाउने गरिब जनतालाई खुर्सानीको राग भयो ।

अन्त्यमा हे राजधानीको सिंहदरवारमा वस्ने मान्यवर, हे प्रदेश सभामा वस्ने सांसद ज्यू, हे नगरको सिंहदरवारमा वस्ने मेयर साब, पालिकाको सिंहदरवारमा बस्ने अध्यक्ष साब र वार्डको सिंहदरवारमा बस्नेहरु मेरो अन्तिम अनुरोध तपाईँले त्यो बनमारा उम्रने गैरीखेतलाई विकल्प खोजेर उत्पादनमुलक खेत बनाईदिनुहोस । अनि त्यो रातदिन खटेर आफ्नो जीवन गुजारा गर्ने गरिव किसानहरुको आँसु पुछिदिनुहोस् र निस्वार्थका साथ आसेपासेलाई नहेरी साँच्चै गाउँका गरिव जनतालाई गाउँमै सिंहदरवार आएको आभाष दिलाई दिनुहोस् अनि बल्ल मात्र तिरेको करले त्यो गरिव जनताको टाउको पोल्ने छैन । त्यही तिरेको करमा तपाईँले मासको दाल र भातमा आँसुको गन्ध आउने छैन । होइन भने अनायासै तिरेको त्यो कर र गरिवको आँसुले तपाईलाई सदैव पोलिरहने छ त्यसकारण मैले सोचेको संघियता र भोगेको संघियतामा आकाश पातलको फरक छ । संघियताको कार्यान्वयन गर्ने शैली फेरीनु जसरी तवमात्र गरिवको झुपडीमा पनि सिंहदरवार आएको आभाष हुनेछ ।

फलेवास नगरपालिका-१० कुर्घा हाल (माल्दिभ्स)