भुमाफिया हटाउने विधेयक बन्नुपर्छ !

916
views

(कविता)
-सीताराम थापा
भुमाफिया हटाउने विधेयक बन्नुपर्छ ।
भुमाफिया भएदेखि हटाउन पर्छ, ।
नत्रः भने जनताको अधिकार नै हर्छ ।।
ठिक हो की हैन भनी बुझौं, आन्दोलन ।
कति होलान विधेयक पढ्ने गुठी आन्दोलन ?
जनताको अधिकारमा, जनताकै आकार ।
व्युँझेको जनताहरु किन गर्या हुंकार ?
दल (पार्टी भन्दा पनि आफ्नै मौलिक संस्कार !
ईतिहांसै किन बन्यो ? आन्दोलनको चित्कार
ल खा, भनी दिने छैनन्, चुपचाप रहे धिक्कार ।
मौनतामां गुमनाम भए, आईरहन्छ डकार ।
एक भै डटी लड्नु पर्छ, बुझौ अब अक्कर ।।
के का लागि लड्यौ भन्ने था, न पाउने जोक्कर ।
भुमाफिया हटाउने गुठी विधेयक आवस !
नयाँ नेपाल बनाउन क्षितिज चुम्न लागोस् !
सरकारले जनतासंग संवाद गर्नु पर्छ ।
संवादबाटै समस्याको समाधान हुन्छ ।
नत्र आको लोकतन्त्र नि आन्दोलनमा गुम्छ ।
सावधानी हुँदैगए नयाँ नेपाल बन्छ, नयाँ नेपाल बन्छ ।
कवि अभियान्ता हुन् ।