असार ७ मा छैठौं राष्ट्रिय साम्बो प्रतियोगिता हुने

416
views

काठमाडौं । ओलम्पिक डे २०१९ को अवसरमा नेपाल साम्बो फेडरेशनले छैठौं राष्ट्रिय साम्बो प्रतियोगिता असार ७ मा आयोजना गर्ने भएको छ । साम्बो प्रतियोगिता बहुउद्देश्यीय मार्सल आर्ट्स हल खुशीबु, नयाँ बजारमा हुनेछ ।

सातै प्रदेशका खेलाडीले भाग लिने प्रतियोगिताबाट नेपाली साम्बोलाई तल्लो तहसम्म पु¥याउन मद्दत पुग्ने नेपाल साम्बो फेडरेसनका महासचिव उत्तम श्रेष्ठले बताए ।

साम्बो खेलाडीलाई राष्ट्रिय÷अन्तराष्ट्रिय खेलाडीको रुपमा स्थापित गराउने उद्देश्यका साथ तथा खेलाडीको क्षमता अभिवृद्धि गर्न र नव प्रतिभावान खेलाडीलाई अवसरको बाटो खोल्ने छ ।

साम्बो खेलमा स्पोर्ट्स साम्बो महिला÷पुरुष गरी १६ तौल समुहको प्रतिस्पर्धामा १०० खेलाडी सहभागिता रहने छ । प्रतियोगिताको अनुमानित बजेट ४ लाख ५० हजार रुपैया रहेको फेडेरेसनले जानकारी दिए । उक्त प्रतियोगितमा विजयी खेलाडिहरुलाई मेडल, प्रमाण पत्र, तथा उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई ट्रफी प्रदान गरिनेछ ।

प्रतियोगिताको मुख्य सहयोगी राष्ट्रिय खेलकुद परिषद् रहेको छ । अन्य सहयोगीमा सिभिल बैंक, सम्पन्न बहुउद्देश्यीय सहकारी, जाल्पा फ्रेस पानी, भैरवी ज्वेलर्स, साकुरा नेपाल कन्सल्टेन्सी, उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी केन्द्र र काठमाडौं महानगरपालिका वडा नं. १६ रहेका छन् ।