डेनमार्कमा एक नेपालीको उपचारका क्रममा मृत्यु

673
views

डेनमार्क, १० जेठ । डेनमार्कमा कार्यरत एक नेपालीको उपचारका क्रममा मृत्यु भएको छ । झण्डै १० वर्षदेखि सम्पूर्ण परिवार डेनमार्कमा बस्दै आएका कपिलवस्तुका विष्णु पौडेलको मंगलबार राति उपचारका क्रममा मृत्यु भएको हो । ब्रेन क्यान्सरको उपचार गराइरहेका पौडलेको उपचारकै क्रममा मृत्यु भएको भन्दै एनआरएनए डेनमार्कका पूर्वअध्यक्षद्धय मोहनराज मीश्र तथा दिपक सापकोटाले दुःख व्यक्त गरेका छन् ।
‘उहाँको साथ र सहयोगको अभाव मलाई सधै रहिरहनेछ,’ डेनमार्ककका लागि पर्यटनदूत समेत रहेका दिपकले भनेका छन, ‘डेनमार्कमा रहेका नेपाली समुदायले उहाँले दिनुभएको योगदानलाई सदासदा सम्झिरहनेछ ।’