चन्द नेकपाका इन्चार्जको मृत्युबारे छानविनको माग

485
views

काठमाडौं । सांसदहरुले सर्लाहीमा मारिएका नेत्रविक्रम चन्द नेकपाका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु गम्भिर भएको भन्दै सांसदहरुले छानविनको माग गरेका छन् ।

संसदको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले दोहोरो गोली हानाहान हुँदा पौडेलको मृत्यु भएको भन्ने सरकारी पक्षको भनाइ सही नभएको जनाउँदै घटनाले पञ्चायती बर्बरताको झ–झल्को दिएको बताए ।

सत्तारुढ नेकपाका सांसद जर्नादन शर्मा विपक्षी कांग्रेस सांसद डीला संग्रौलाले पौडेलको मृत्युको विषयमा जनतस्तरबाट प्रश्न उठेको भन्दै छानविनको माग गरेका हुन् ।

उनीहरुले यस्ता घटनाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि असफल पार्न सक्ने शंका व्यक्त गरे । सो विषयमा सत्य तथ्य बुझनका लागि गृहमन्त्रीलाई समितिमा बोलाउनुपर्ने माग गरे ।