छैठौं राष्ट्रिय साम्बो च्याम्पियनसीपको उपाधि काठमाण्डौलाई

179
views

नुवाकोट । नेपाल साम्बो फेडरेसनले आयोजना गरेको छैठौं राष्ट्रिय साम्बो च्याम्पियनसीपमा काठमाण्डौको गोङ्गोबु डोजो टिम च्याम्पियन भएको छ ।

काठमाण्डौको नयाँ बजारमा भएको प्रतियोगितामा काठमाडौको गोङ्गबु डोजोले उपाधि उचालेको नेपाल साम्बो फेडरेसनका महासचिव उत्तम श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा चितवन दोस्रो हुँदा नुवाकोटले तेस्रो स्थान हात पार्यो । प्रतियोगिताको पुरुषतर्फको २० केजी समुहमा प्रिन्स श्रेष्ठ प्रथम भए भने समिर थापा दोस्रो र स्वर्णिम तेस्रो भए । त्यस्तै २५ केजी समुहमा सागरभर्व मर्हजन पहिलो हुँदा पारस थापामगर दोस्रो भए । त्यस्तै ३० केजी समुहतर्फ पुजन बुढामगरले पहिलो स्थान हात पार्दा सिजल घरति मगरले दोस्रो र आयुष वोगटी तेस्रो भए ।

त्यस्तै ३५ केजी समुहतर्फ प्रमोद श्रेष्ठ पहिलो हुँदा पवन सुनार दोस्रो र रोशन श्रेष्ठ तेस्रो भए । यस्तै ४५ केजी समुहमा संगीत शाह प्रथम,अभिषेक पराजुली दोस्रो र नविन घरति मगरले तेस्रो स्थान हात पारे । त्यस्तै ५५ केजी समुहमा निरज भण्डारीले प्रथम स्थान हात पार्दा विजय सुनार दोस्रो र समिन मल्ल तेस्रो भए । यस्तै ६५ केजी समुहमा महेश्वर मर्हजन पहिलो र अतित शर्माले दोस्रो स्थान हात पारे । त्यस्तै ७० केजीतर्फ कृष्णलाल तामाङ पहिलो,अभिम कायत दोस्रो र रविनस तामाङ तेस्रो भए । महिलातर्फ खुल्ला तौल समुहमा निशा घर्तिमगर पहिलो हुँदा रचना लामा दोस्रो भए भने पुरुष खुल्लातर्फ सिरिष श्रेष्ठ पहिलो,सुदन लामा दोस्रो,सुदिप थापा तेश्रो भए । प्रतियोगितामा महिलातर्फ खेलाडी गोगबु क्लबका निसा छन्त्याल र पुरुषतर्फ नुवाकोटका कृष्णलाल तामाङ उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका पुर्व अध्यक्ष एबम पुव आईजिबि धुव्रवहादुर प्रधानले गरेका थिए । प्रतियोगितामा विजयी खेलाडीहरुलाई राखेपका सदस्य अस्मिता गुरुङ,नेकपा नुवाकोटका युवा नेता पुर्णलाल श्रेष्ठ,सशस्त्र प्रहरीका एसएसपि केबी वर्माचार्य समाजसेवि प्रदिप पाठक (सुमन पाठक), सघका उपाध्यक्ष बाबुराजा महजन,उपाध्यक्ष रमेश पौडेल,महासचिब उत्तम श्रेष्ठ लगायतले मेडल, प्रमाणपत्र तथा टफि वितरण गरेका थिए । कार्यक्रममा स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ , राखेपका पुर्वसदस्य नारायण पौडेल,साकुरा नेपालका अनुज कुमार श्रेष्ठ , नेपाल ओलम्पिक कमिटिका पतिनिधि निरज श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

ओलम्पिक डे २०१९ को अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाई छ । नेपाली साम्बोलाई जिल्लागत रुपमा पुरयाउन मद्दत पुग्ने भएकोले प्रतियोगिता आयोजना गरेको नेपाल साम्बो फेडरेसनका महासचिव उत्तम श्रेष्ठले बताउनुभयो । साम्बो खेलाडीलाई राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडीको रुपमा स्थापित गराउने , क्षमता अभिवृद्धि गर्न र नवप्रतिभावान खेलाडीलाई अवसर दिन प्रतियोगिताको आयोजना गरिएको नेपाल साम्बो फेडरेसनले जनाएको छ । खेलमा साम्बो महिला र पुरुष गरी १४ तौल समुहको प्रतिस्पर्धामा १ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो ।