मुस्ताङमा अग्निदहन प्रदर्शन

805
views

श्रीभद्र पौडेल । बोक्सी कु–प्रथा बिरुद्घको अभियान अन्र्तगत मुस्ताङ जिल्लामा अग्निदहन चलचित्र प्रदर्शन गरिएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा शनिवार चलचित्र प्रदर्शन गरिएको हो ।मुस्ताङको घरपझोङ गाउँपालिकामा चलचित्र देखाइएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गाउँपालिका अध्यक्ष आशबहादुर थकालीले कुप्रथालाई प्रश्रय दिन अधिकार कसैसँग पनि नभएको औँल्याउँदै समाजमा विपन्न मानिसलाई बोक्साबोक्सीको आरोप लाग्ने गरेको बताए । पुर्व सांसद श्रीमाया थकालीले गरिवी र अशिक्षाका कारण नेपाली समाज अन्धविश्वासमा जकडिएको बताइन् ।उनले सरकारले गर्नुपर्ने काम नागरिक स्तरबाट प्रतिष्ठानले गरेको चर्चा गर्दै विभिन्न बहानामा मान्छेले मान्छेलाई तिरस्कार गर्ने प्रचलन नहटेसम्म समाज सु–सस्कृत युक्त नबने पनि ठोकुवा गरिन् ।

त्यस अवसरमा मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, गाउँपालिका उपाध्यक्ष शर्मिला गुरुङ, पत्रकार महासंघका अध्यक्ष सुन्दरकुमार थकाली, पोथाङ(एयरपोट) आमा समूहकी अध्यक्ष विष्णु थकाली, जोमसोम आमा समूहकी अध्यक्ष सुरजनी श्रेष्ठ, अन्य पत्रकार, सामुदायिक प्रहरी, महिला सेल, गाउँपालिकाका प्रतिनिधी, विद्यार्थी, शिक्षक, कर्मचारी लगायतले त्यस चलचित्र अवलोकन गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संरक्षक भुवनेश्वर शर्मा पौडेलले कार्यक्रमको औचित्य माथि प्रकाश तथा संचालन प्रतिष्ठानका महासचिव श्रीभद्र पौडेलले गरेका थिए ।