नेपाल प्रहरीको रासनभत्ता बढ्यो

808
views

काठमाडौं, ९, असार । नेपाल प्रहरीको रासनभत्ता बढ्ने भएको छ  । सरकारले १ साउनदेखि लागू हुने गरी बढेको रासनभत्ता दिन लागेको हो ।

सरकारले आगामी वर्षका लागि प्रहरीको रासनभत्तामा चार अर्ब ६४ करोड ९४ लाख रुपैयाँ बजेट छुट्याइसकेको छ । उपत्यकामा कार्यरत प्रहरीले साउनदेखि दैनिक एक सय ९४ रुपैयाँ २९ पैसा रासनभत्ता पाउनेछन् । ०७१ साल (पाँचबर्ष) यता रासनभत्ता मूल्यवृद्धिअनुसार समायोजन हुन सकेको थिएन ।