पौडेलको हत्या मुठभेडमै भएको हो–गृहमन्त्री थापा

859
views

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विप्लवका नेता कुमार पौडेलको हत्या मुठभेडमै भएको दाबी गरेका छन् । संससदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बिहान बसेको बैठकमा सांसदहरुले केही दिनअघि सर्लाहीमा प्रहरीबाट विप्लवका जिल्ला नेता कुमार पौडेल हत्याको विषयमा गृहमन्त्रीसँग जवाफ मागेका थिए ।

जवाफ दिनेक्रममा गृहमन्त्री थापाले मृत्यु मुठभेडमै भएको र सरकार कसैको हत्या गरी द्वन्द्व चर्काउने पक्षमा नभएको भन्दै उनले विप्लव नेता कार्याकर्ताको हत्या गर्ने सरकारको नीति भएको भए जिल्ला नेताको नभई माथिल्लो तहकै व्यक्ति मारिन सक्थे नी ? भनी प्रतिप्रश्न गरे ।

थापाले ‘यस्ता घटनाले द्वन्द्व समाधान नभई थप चर्कने खतराप्रति सरकार सचेत रहेको बताउँद मुठभेडका नाममा विरोधीलाई समाप्त पार्ने नीति सरकारको नभएको बताए ।

गृहमन्त्री थापाले विप्लवको समस्या समाधान गर्ने पक्षमा सरकार रहेको दाबी गरेका छन् । उनले विप्लवले नै राजनीतिकरुपमा समस्या समाधान गर्न नचाहेको बताए ।

कुमार पौडेल हत्याको विषयमा सरकारले छानबिन गर्ने गृहमन्त्री थापाले संसदलाई जानकारी दिए । समिति बैठकमा उपस्थित भएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीबाट मारिएका विप्लव नेता पौडेल अन्य अपराधमा पनि संलग्न रहेको दाबी गर्दै पौडेलमाथि विभिन्न आपराधिक गतिविधि विरुद्ध उजुरी परेको र प्रहरीले थुनामा समेत राखेको जानकारी दिए ।