हेमजामा यौन रोग सम्बन्धी सचेतना

629
views

गोविन्द तिमिल्सिना
हेमजा, ९ असार । पोखरा महानगरपालिका– २५ को वडा कार्यालय एवं हेमजा स्वास्थ्य चौकीको आयोजनामा हेमजामा महिलाहरुको लागि यौन रोग सम्बन्धी सचेतना, परिक्षण तथा उपचार कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका स्वस्थ्य महाशाखा प्रमुख हेमन्त शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्य जित बहादुर कार्की, दलबहादुर कुवँर, लक्ष्मी अधिकारी, तारा बि.क र वडा सचिव इश्वरी पोखरेलले कायक्रमको सफलताको शुभकामना ब्यक्त गरे ।

डा. मधुमायाँ तिमिल्सिनाले गरेको उपचार शिविरमा दुईसय आठ जनाले स्वस्थ्य लाभ लिएका थिए । स्वस्थ्य लाभ लिने मध्य ९८ जनालाई यौन रोग देखिएको थियो । जसमध्ये १० जनालाई पाठेघर खस्ने समस्या, २ जनालाई सिफलिस र १ जनालाई फिस्टुला देखिएको हेमजा स्वस्थ्य चौकी प्रमुख हेलन पन्तले जानकारी दिईन् । वडा न. २५ का वाड अध्यक्ष शोभाखर तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।