विप्लव नेकपाका नेता कार्की काठमाडौँबाट पक्राउ

579
views

काठमाडौं, ९, असार । नेत्र विक्रम चन्द नेकपाका नेता एवं सामाजिक अभियन्ता एवं अन्तराष्ट्रिय स्तरका मोटिभेटर नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले राजधानीको बालुवाटारस्थित नेपाल हाउसबाट सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रेखा थापाले अभिनय गरेको फिल्म मालिकाका निर्माता समेत रहेका कार्कीलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको बताइएको छ ।

यस्तै मोरङ जिल्लाको बेलबारी नगरपालिका–४ वाट जिल्ला जनसरकार प्रमुखसहित दुई जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला जनसरकार प्रमुख समेत रहेका सुन्दर हरैचा नगरपालिका–१२ का बस्ने ४३ वर्षीय अधोक राई र कानेपोखरी गाउँपालिका वडा न ६ बस्ने ३४ वर्षीय कान्छा माझि “धिमाल रहेका छन् ।

उनीहरुको साथबाट पेस्तोल २ थान, म्यागजिन ४ थान र २४ राउण्ड गोली बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।