आठ किलो चरेससहित दुईजना पक्राउ

764
views

महेश सिंह महतो
सिरहा, १०, असार । सिरहाको धनगढीमाई नगरपालिकामा लागुपदार्थ ८ किलो चरेससहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाबाट खटिएको प्रहरीको विशेष टोलीले धनगढी १० श्यामपुरबाट उक्त परिमाणको अबैध चरेससहित आइतबार राति दुईजनालाई पक्राउ गरेको हो ।

चेक जाचको क्रममा प्रहरीले खानतलासी गर्दा १७ प्याकेट चरेससहित दुवै जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढीमाई ११ का रामभगत महतो र धनगढी १२ बस्ने रामेश्वर महतो रहेको सिरहाको प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जनाए ।

पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।