सत्ताधारी दलको आक्रमण र दमनका बाबजुत पनि एमाले पहिलो-तिमिल्सिना

558
views

पर्वत, १० जेठ । नेकपा एमालेले महाशिला गाउँपालिकाको आयोजनामा बिजयी सभा गरेको छ । बिजयी सभामा बोल्दै नेकपा एमालेका पोलिटव्यूरो सदस्य गणेश तिमिल्सिनाले सत्ताधारी दलको आक्रमण र दमनका बाबजुत पनि एमालेले स्थानिय तहको पहिलोचरणको चुनावमा सवैभन्दा बढि जीत हासिल गरेको बताए ।
उनले एमालेनै मुलुकको पहिलो शक्ति हुने दावी गर्दै दोस्रो चरणको निर्वाचनमा पनि पहिलो हुनेगरी तयारी गरेको दाबी गरे ।
कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेलले एमालेकै निति एमालेकै नेतृत्व वर्तमान परिस्थितिमा मुलुकका लागि आवश्यक रहेको बताए । जवसम्म एमालेले मुलुकको नेतृत्वगर्न सक्दैन तबसम्म आम नागरिकले राज्यको अनुभूति गर्न नपाउने बताउँदै एमाले रहेसम्म मुलुकको अस्तित्व गुम्न नदिने बताए । कार्यक्रममा महाशिला गाउँपालिकाका नवनिर्वाचित प्रमुख राजु पौडेलले महाशिलालाई मुलुककै नमुना गाउँपालिकाको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा प्रदेश कमिटिका विभागिय सदस्यहरु योगेद्र केसी, महेन्द्र रिमाल, पुष्प पौडेल लगायतले सम्वोधन गरेका थिए । सो अवसरमा नवनिर्वाचित गाउँ पालिका प्रमुख, उपप्रमुख तथा अन्य वडा अध्यक्ष र सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।