दाङमा चट्याङ् लागेर तीन बालकको मृत्यु

1264
views

दामोदर खनाल
दाङ, १०, असार । दाङमा चट्याङले लागेर एकै परिवारका दुईजना सहित तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको राप्ती गाउँपालिका–३ मौरीघाटका ११ वर्षिय रमित चौधरी, ११ वर्षिय बिनास चौधरी र १३ वर्षिय साजन चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार साँझ ६ वजेतिर परेको चट्याङबाट राप्ती ४ स्थित मौरीघाट मावि छेउमा रहेको जमुनाको रुखमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले ति बालकको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर सोही रुखमा चढेका बिनासका भाई ८ वर्षिय अविनास चौधरी भने गम्भिर घाइते भएको प्रहरी प्रमुख शाहले जानकारी दिए । घाइते चौधरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।