पर्वत फलेवास नगरपालिकाको बजेट साढे ६६ करोड

2398
views

पर्वत– पर्वतको फलेवास नगरपालिकाले आगामी आर्थिक बर्षका लागि रु. ६६ करोड ५६ लाख ९५ हजारको बजेट पारित गरेको छ । फलेवास नगरपालिकाको पाँचौ नगरसभाले उक्त बजेट, नीति तथा कार्यक्रम पारित गरेको हो ।

आर्थिक विधेयक २०७६ र विनियोजन विधेयक २०७६ समेत नगर सभाबाट पारित भएको छ । नगरसभाको पहिलो बैठकमा नगरप्रमुख पदमपाणि शर्माले ०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने दोश्रो बैठकमा नगर उपप्रमुख मञ्जु अधिकारीले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेकि थिईन् ।
प्रस्तुत बजेटमा चालु एवं साधारण खर्चतर्फ ४३ करोड ७९ लाख ६४ हजार विनियोजन गरिएको छ भने पूँजीगत एवं विकास तर्फ २२ करोड ७६ लाख ७२ हजार विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा भन्दा आगामी आर्थिक वर्षमा झण्डै २० करोड रुपैया बढिको बजेट तथा योजनाहरु सार्व्ज्निक गरिएको छ ।

नगरसभामा प्रस्तुत भएको बजेटमा फलेवासलाई पुर्ण सरसफाई युक्त बनाउन क्नि फलेवास, ग्रिन फलेवास अभियानका लागि रु १ करोड २० लाख, सामाजिक विकास तर्फ २ करोड ४१ लाख ५० हजार र पूर्वाधार विकास तर्फ ६ करोड २० लाख रुपैया बिनीयोजन गरिएको नगर उपप्रमुख मञ्जु अधिकारीले जानकारी दिईन् ।

त्यसैगरी आर्थिक विकास तर्फ २ करोड ६० लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ ५० लाख, संस्थागत विकास तर्फ १ करोड १९ लाख, बिनीयोजन भएको छ । सामान्य सेवा संचालन र अन्यमा ६ करोड १७ लाख ९५ हजार रुपैया प्रस्ताव गरिएको उपप्रमुख अधिकारीले जानकारी दिईन् ।

फलेवास नगरपालिकाले आगामी आर्थिक वर्षमा रु १ करोड ५० लाख आन्तरिक आयको अनुमान गरेको छ भने संघीय सरकारबाट १० करोड १५ लाख वित्तिय समानीकरण र चालु अनुदान २८ करोड ६४ लाख तथा राजश्व वाँडफाँडवाट ७ करोड १५ लाख, पदेश सरकारबाट झण्डै तीन करोड, सामाजिक सुरक्षा तर्फ १० करोड र प्रधानमन्त्री रोजगार कार्यक्रमबाट १ करोड, सांसद विकास कोषबाट १ करोड, पर्यटन तथा सडक बोर्डबाट झण्डै एक करोड रुपैया प्राप्त हुने अनुमान गरेको छ ।

नगरप्रमुख पदमपाणी शर्माका अनुसार नगरपालिकाले कालीगण्डकी जलाशययुक्त आयोजना, प्रदेश जोड्ने जैमीनी पोखरा सडक, सामुदायिक बिद्यालयको शैक्षिक गुुणस्तर र एक वडा एक कृषि फार्मलाई विशेष जोड दिईएको छ । कफी बगैचा कार्यक्रम, कृषि बजार, अकबरे खुर्सानी खेती, एक टोल एक हलो वितरण जस्ता कृषकमुखि योजनामा बजेट बिनीयोजन गरिएको शर्माले बताए ।

नगरपालिकाले अधिकांस गत वर्षका योजनाहरुलाई दोहो¥याएको पाईएको छ । नगरपालिकाले एक वडा एक नमुना भाँडाकुडा तथा घरेलु सामाग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा विस्तारलाई पनि जोड दिएको छ ।

नगरपालिकाले कृषिजन्य बस्तुहरुको ढुवानीका लागि सवारीसाधन खरिद गर्न रु २७ लाख रुपैया बिनीयोजन गरेको छ । नगरपालिकाले यथार्थमुखि बजेटलाई जोड दिएको नगरप्रमुख शर्माले बताए ।

चालु आर्थिक वर्षमा बिनीयाजन गरिएको बजेटलाई पुर्ण कार्यान्वयन गर्न सकेमा नगरको दु्रुत गतिमा विकास हुने फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेलले जानकारी दिए । उनले बजेट, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि नगरवासीहरुको सहयोग र खबरदारी आवश्यक रहेको बताए ।

संसदीय शैलीमा सम्पन्न भएको नगरसभामा बजेट, नीति तथा कार्यक्रम र दुई वटा विधेयक बहुमतले पारित भएको थियो । नगर सभामा उपप्रमुखलाई अन्य सदस्यसरहको व्यवहार गरिएको भन्दै उपप्रमुख अधिकारीले भने असुन्तुष्टि व्यक्त गरेकी थिईन् ।