अछाममा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु, ४ घाइते

490
views

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नं. २ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।

बुधबार बिहान से १ त ७८३९ नं ट्याक्टर दुर्घटना हुँदा सहचालक चौरपाटी गाउँपालिका–३ का रमेश साउदको घटनास्थलमा नै मृत्यु भएको हो । यस्तै दुर्घटनामा चौरपाटी गाउँपालिका–३ की लक्ष्मी साउद र कालि साउदको पनि मृत्यु भएको छ ।

लाइसेन्स नभएका सहचालकले ट्याक्टर चलाउँदा दुर्घटना भएको स्थानीयले बताएका छन् । ट्याक्टर चालक ज्ञानेन्द्र चौधरीले भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य ४ घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ ।